१८ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए वरियताक्रममा पहिलोमा संस्थापक अध्यक्ष डा. महतो, दोस्रोमा प्रमुख संरक्षक शेष घले रहने


७ कार्तिक २०७६, बिहीबार १५:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको वरियताक्रममा पहिलो नम्वरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई राख्दै संघको संरक्षक परिषद गठन गरेको छ ।
गत हप्ता सम्पन्न बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको हो । परिषदमा प्रमुख संरक्षक शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने छन् ।

वैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको थियो । कतिपय अनलाइन मिडियाले संस्थापक अध्यक्ष डा. महतो प्रमुख संरक्षकबाट बरर्खास्त भएको भनि प्रकाशन गरेको समाचार गलत भएको संघले जनाएको छ । पछिल्लो निर्णयले डा. महतोलाई उच्च सम्मान गर्दै वरियतामा पहिलो नम्बरमा राखेको हो ।