वीरगन्ज । प्रहरीले दश दिनेदेखि अपहरणमा परेका बालकलाई सकुशल उद्धार गरेको छ । वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा गएराती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गोली प्रहार गरेर बालकको उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।
प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ ।