२३ बैशाख २०८१, आईतवार
Follow Us

भारत बिरुद्ध जर्मनीमा गरे एनआरएनले प्रदर्शन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७६, मंगलवार १४:२२

फ्र्यांकफर्ट । गैर आवासीय नेपाली संघले भारतीय सिमा अतिक्रमणविरुद्ध जर्मनीमा प्रदर्शन गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शनमा भारत बिरुद्ध प्लेकार्ड तथा नारावाजी गरिएको थियो ।

प्रदर्शनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत त्यहाँस्थित बिभिन्न सामाजिक संघसँस्थाको समेत सहभागिता थियो ।

अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित भएको भन्दै त्यसै कार्यक्रम अनुसार मंगलवार जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठनले एकसाथ प्रदर्शन गरेको बताए ।
पन्तले भारतको मिचाहा प्रबृतिको बिरोध गर्दै तत्तकान कालापानीबाट भारतीय सेना हट्नु पर्नेमा जोड दिए ।

संघले आफ्ना एनसिसीलाई भारतीय अतिक्रमण विरुद्ध प्रर्दशन, विरोध गर्न र सम्बन्धीत देशमा रहेको भारतीय राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउन निर्देशन समेत दिएको थियो ।

प्रर्दशनीमा जर्मनीस्थित राजनीतिक भातृसंठनका प्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत १ सय भन्दा बढी सहभागीभएको एनआरएनए जर्मनीका महासचिव लोकमनी ढकालले जनाए।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।