२० बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् हटाइने सूचीमा रहेका मन्त्रीहरू, नयाँ को–को ?

nepalbritain news
४ मंसिर २०७६, बुधबार ०१:४८

प्रधानमन्त्री केपी ओलीले ओलीले अहिले मन्त्रिमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै नयाँ मन्त्री हुने सूचीमा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ र हृदयश त्रिपाठीलगायतको नाम नेकपाभित्र चर्चा भइरहेको छ । यस नाममा पनि केही हरेफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।