२० बैशाख २०८१, बिहीबार
Follow Us

नेदरल्याण्डमा भारत विरुद्ध नेपालीले गरे प्रदर्शन

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार १९:१२

स्पेन । नेदरल्याण्डको हेगस्थित भारतीय दूताबास अगाडि नेदरल्याण्डबासी नेपालीहरूले अपरान्ह भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गरेका छन् । छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत ब्यवहार गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

स्थानीय प्रहरीले ज्ञापनपत्र बुझाउने र नाराबाजी दुबै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाकमार्फत बुझाइने सहभागीहरूले बताए । भारतीय विस्तारवादविरूद्ध समाजसेवी तथा एनआरएनए नेदरल्याण्डका उपाध्यक्ष हेमकुमार भुजेलले भन्नुभयो, ‘नेदरल्याण्डमा भएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा यो स्वाधीनताको लडाईमा विश्वभरका नेपालीहरूले भारतीय हस्तक्षेपविरुद्ध चरणबद्ध खबरदारी गर्नुपर्छ ।’

नेपाली जनसम्पर्क समितिका नेदरल्याण्डका उपाध्यक्ष बेदराम कँडेलले भन्नुभयो, ‘भारतीय विस्तारबादको विरुद्धमा सम्पूर्ण न्यायप्रेमी नेदरल्याण्डबासीहरू एक भएर प्रवासबाटै राष्ट्रका लागि भारतीय हस्तक्षेपको विरोध स्वरुप खबरदारी गर्न आएका हौं ।’ उपाध्यक्ष कँडेलले थप्नुभयो, ‘गो ब्याक इन्डिया, ज्यान दिन तयार छौं, हाम्रो भूमि फिर्ता गर जस्ता नाराबाजी गरियो ।’

प्रवासमा बस्ने नेपालीहरूले पनि व्यापकरूपमा जनदवाव सिर्जना गर्न भारतीय दूताबासअघि केही सातायता दैनिक प्रदर्शन हुन थालेका छन् ।