२४ बैशाख २०८१, सोमबार
Follow Us

मनोनित पदाधिकारीले लिए एनआरएनए यूकेको शपथ

नेपालब्रिटेन डट कम्
१ पुष २०७६, मंगलवार १४:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिमा मनोनित पदाधिकारीहरुको शपथग्रहण सम्पन्न भएको छ ।

एक साताअघि मनोनित भएका संघका प्रवक्ता रामकुमार गुरुङ र कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, हेम गुरुङ र धनबहादुर सार्कीले सोमबार शपथ लिएका हुन् ।

उनीहरुले अध्यक्ष पुनम गुरुङबाट सपथग्रहण गरेका थिए । शपथपछि नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष गुरुङले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
एनआरनए यूकेका उपाध्यक्षद्धय सुनिलबाबु खड्का र रोजिना प्रधान राईले नयाँ पदाधिकारीहरुलाई खादा ओढाएर स्वागत गरेका थिए ।

महासचिव फडिन्द्र भट्टराईले नयाँ पदाधिकारीहरुको नियुक्तिले आफुहरुको टिममा नयाँ उत्साह र उर्जा थपिएको विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यसमिति सदस्यमा मनोनित भएका डा मिन रानाभाट भने नेपालमा रहेका कारण शपथग्रहण कार्यक्रममा उपस्थित थिएनन् ।
सदस्यहरुको मनोनयनसंगै एनआरएनए यूकेको कार्यसमिति अब ३३ सदस्यीय बनेको छ । कार्यसमितिमा भित्रिने नयाँ सदस्यहरुलाई उनीहरुको रुची र क्षमताको आधारमा विभिन्न विभागको जिम्मेवारी दिइने अध्यक्ष गुरुङले बताएकी छन् ।