५ माघ २०८२, सोमबार
Follow Us

रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने

नेपालब्रिटेन संवाददाता
५ माघ २०८२, सोमबार १२:३८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ १ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् ।

उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । महिला आकांक्षीहरुमा उनलाई सर्वाधिक मत आएको थियो। तर, रास्वपाले बन्द सूची पठाउँदा खस आर्य महिलाको क्लस्टरमा १० औँ नम्बरमा राखेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

त्यसपछि उनले बन्द सूचीबाट नाम फिर्ता लिइन् । अन्ततः उनलाई प्रत्यक्षमै उठाउन नेतृत्व तयार भएको छ ।

धेरै पढिएको