२४ बैशाख २०८१, सोमबार
Follow Us

नेप्लिज सेफ एशोसिएसन यूकेको भेला ६ जनवरीमा

नेपालब्रिटेन डट कम्
३ पुष २०७६, बिहीबार २२:५६

लण्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान साँझको आयोजना गर्ने भएको छ ।

एशोसिएसनका महासचिव भूपेन्द्र पाठकका अनुसार एशोसिएसनले आगामी ६ जनवरी, सोमबारका दिन लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा भेला आयोजना हुन लागेको हो । भेलामा वेलायतका बिभिन्न रेष्टुरेन्टमा कार्यरत नेपाली सेफहरु सहभागी हुने छन् ।

बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकबद्ध गर्दै उनीहरुको प्रोफेसनल र व्यवसायिक विकासमा समेत सहयोग गर्ने उद्धेश्यले समाजसेवी व्यवसायी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा एशोसिएसन स्थापना भएको थियो ।

एशोसिएसनमा अहिले लण्डनबाहेक आसपास र लिभरपुल, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स लगायतबाट समेत गरी करिब ७ सय नेपाली सेफहरु आबद्ध छन् । यकिन तथ्यांक नरहेपनि बेलायतमा ४ हजारको हाराहारीमा नेपाली सेफहरु कार्यरत रहेको अनुमान गरिन्छ ।