२० बैशाख २०८१, बिहीबार
Follow Us

घानामा नेपाल भ्रमण २०२० को प्रचार

नेपालब्रिटेन डट कम्
८ पुष २०७६, मंगलवार २१:३३

घाना । गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको छ ।

संस्थाले डिसेम्बर २२ मा ‘भिजिट नेपाल २०२०’ लेखिएको टिर्शट लगाएर घाना तथा अन्य विदेशी नागरिककाबीच नेपाल घुम्न जाउँ भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको हो ।

संघका कोषाध्यक्ष विकास सुवेदीका अनुसार एनआरएनए घानाका २० भन्दा बढी पदाधिकारीहरु मिलेर प्रचार -प्रसार कार्यक्रम गरिएको हो ।

उनीहरुले घानाका नागरिक मात्र नभएर घानामा कार्यरत तथा विभिन्न संघ संस्थामा आवद्ध युरोपेली नागरिकहरुलाई पनि नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए ।

सोहि अवसरमा युरोपेली नागरिकहरुले नेपाल भ्रमणमा आउन इच्छा देखाए पनि घानाका नागरिकहरुलाई भने नेपाल भ्रमणका लागि भिसा सहज नभएको गुनासो समेत आएको कोषाध्यक्ष सुवेदीले संसारन्युजलाई जानकारी दिएका छन् ।

सुवेदीले घानामा कार्यरत विदेशी नागरिकहरुको साझा संस्था ‘घाना इन्टरनेशनल एक्सपार्ट’ नामक संस्थामा आवद्धहरुका बीचमा पनि नेपाल भ्रमणको प्रचार तथा घुम्नका लागि अनुरोध गरिने बताएका छन् ।

उक्त भिजिट नेपाल लेखिएको केही टिर्सट घानाका लोकल नागरिकहरुलाई समेत वितरण गरिएको थियो ।

नयाँ कार्यसमिति चयन भएको तीन महिनामा संघले एनआरएनए कार्ड वितरण, नेपाल भ्रमणको प्रचार- प्रसार तथा प्रत्येक एनसीसीले गर्ने एक कल्याणकारी कामका लागि डोनेशनहरु संकलन गर्ने काम अघि बढाउन लागेको पनि सुवेदीले जानकारी दिएका छन् ।