२० बैशाख २०८१, बिहीबार
Follow Us

अफगानिस्तानमा शान्ति समूहका २७ जना सदस्यको अपहरण

नेपालब्रिटेन संवाददाता
१० पुष २०७६, बिहीबार ०३:४९

काबुल । अफगानिस्तानमा शान्ति समूहका २७ जना सदस्य अपहरणमा परेका छन् । पिपल्स पिस मुभमेन्ट ‘पीपीएम’ को र्‍याली पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा पुगेका बेला समूहका सदस्य बेपत्ता भएका हुन् ।

छ वटा कारमा यात्रा गरिरहेका अभियन्तालाई मुख्य सडकमा तालिवानले रोकेर अज्ञात स्थानतर्फ लिएर गएको बताइएको छ । अपहरणमा पर्नेम स्थानीय अधिकारी र अधिकारकर्मीहरूको समूह रहेको छ । उनीलाई तालिवान विद्रोहीहरुले अपहरण गरेको आशंका गरिएको छ । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

तालिवानले यसअघि उक्त समूहमाथि अफगान सरकारको लगानी रहेको आरोप लगाउदै आएको छ । तर पीपीएमले सो कुुरा अस्वीकार गरेको छ ।पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट र्‍याली सुरु गरेको थियो ।

अमेरिकासँगको शान्तिवार्तामा भएपनि तालिवानले अफगानिस्तनमा अन्तर्राष्ट्रिय सैनिकमाथि बारम्बार आक्रमण गर्दैै आएको छ । सन् २०११ यता अफगानिस्तानमा दशौँ हजार सर्वसाधारण र सुरक्षाकर्मीहरू अनि तीन हजारभन्दा धेरै अन्तर्रा्ष्ट्रिय सैनिकको मृत्यु भैसकेको छ ।