२० बैशाख २०८१, बिहीबार
Follow Us

कश्मीरको चिसो नेपाल पस्यो, उपत्यकामा भोलिदेखि जाडो अझ बढ्ने

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७६, मंगलवार ०४:४३

काठमाडौं । बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद्हहरुले बताएका छ ।

उनीहरुको अनुसार यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत ठूलो परिणाममा हिमपात हुने बताइएको छ । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान मौसम विभागले गरेको छ ।

यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।