३० बैशाख २०८१, आईतवार
Follow Us

किन डाइभर्ट भए ९ अन्तर्राष्ट्रिय उडान ?

नेपालब्रिटेन डट कम्
१८ पुष २०७६, शुक्रबार १३:४१

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार साँझसम्म ९ वटा अन्तर्राष्टिय उडान डाएभर्ट भएका छन्। एक उडान त स्थगित नै भएको छ। डोमेस्टिक उडानमा पनि प्रतिकुल प्रभाव परेको छ। केही उडानहरु स्थगित र केही डाएभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली बनेपछि शुक्रबार बिहानैदेखि नेपालको मौसम खराब छ। मौसममा आएको परिवर्तनले वर्षा, हिमपात र चिसोमात्र भएको छैन डोमेस्टिक तथा इन्टरनेशनल उडानहरु पनि प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्र लालकर्णले ९ वटा अन्तर्राष्ट्रिय उडानहरु डाइभर्ट भएको डिसी नेपाललाई जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘डाइभर्ट भएका केही विमानलाई भारतको लखनउ पठाइएको छ, उता चीनबाट उडेका विमानहरु चीनतर्फ नै फर्काएको छ। थाइ एयरवेजको विमान पनि चीन डाइभर्ट गरिएको छ।’ उनका अनुसार ५ वटा विमानलाई भारत र्डाभट गरिएको छ। उता ४ वटा चीनतर्फ डाइभर्ट गरिएको छ। यस्तै भारतबाट उडानका लागि तयार भएको इण्डिगोको उडान नै स्थगित गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरु अवतरण गर्न सक्ने अवस्था नरहे भारतको लखनउ डाइभर्ट गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ।