१५ बैशाख २०८१, शनिबार
Follow Us

पाँचदिन देखि सञ्चार सेवा अबरुद्ध

sarusaru
२१ पुष २०७६, सोमबार ०४:२८

बागलुङ –  गाजाको धुरीमा रहेको नेपाल टेलिकमको  टावर सञ्चालनमा नआउँदा  ताराखोलाका स्थानीय पाँचदिन देखि सञ्चार सेवा बिहिन भएका छन् । गाजाको धुरीमा रहेको रिपिटर टावरमा विद्युत आपुर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको हो ।
केही दिन पहिला भएको हिमपातका कारण विद्युत आपूर्ति बन्द भएको र टावरमा जडान गरिएको सौर्य उर्जामा समेत समस्या देखिए पछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

ताराखोला गाउँपालिकामा पर्ने साविकको हिल र तारा गाउँविकास समितिका झण्डै ४ हजार मोवाईल प्रयोग कर्ता सम्पर्क बिहिन छन् । निजी क्षेत्रको सञ्चालनमा रहेको एनसेलको नेटवर्क फ्याट्ट फुट्ट चलेको भएपनि राम्रो सँग कुराकानी गर्न कठिन भैरहेको स्थानीयले बताए । टेलिकम बागलुङका प्रमुख केशव शर्माका अनुसार मौसममा सुधारपछि गाजाको धुरीमा रहेको टावरमा ब्याट्री चार्ज भए पश्चात सेवा सुचारु हुनेछ । प्यानल फुटेको सोलार परिवर्तनको तयारी समेत टेलिकमले थालेको छ ।