१ जेष्ठ २०८१, मंगलवार
Follow Us

कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७६, मंगलवार ०५:०५

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी कार्यलयमा बिहान ११ वजेपछि बस्ने बैठकमा पछिल्लो समय पार्टीले गरेका निर्णयहरु सच्याउन माग गर्ने तयारी गरेका छन् ।

जिल्ला सभापति परामर्श बैठक नाम दिइएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएका थिए । सो भेलामा ४० भन्दा बढि जिल्ला सभापतिहरु सहभागि छन् । भेला केन्द्रीय कार्यसमितिमा भएको एकलौटी निर्णय र आगामी दिनमा चालिने कदमका बारेमा केन्द्रित भएको छ ।

महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ ।

सभापतिहरुले पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने, पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब सुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने सभापतिहरुको माग छ ।

गत माग २६ गतेदेखि डाकेको कांग्रेस केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्दै आएको छ । तर सभापति देउवाले पौडेल पक्षको वहिष्कारका वावजुत पनि निर्णय गर्न थालेपछि आफु निकट सभापतिहरुको भेला बोलाएका हो ।