१ जेष्ठ २०८१, मंगलवार
Follow Us

न्यूयोर्कमा नेपाली समाजको आयोजनामा रक्तदान

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७६, मंगलवार १४:३१

न्यूयोर्क । गत  जनवरी ५ का दिन लङग आईल्याण्ड नेपाली समाज, न्यूयोर्कले आयोजना गरेको कार्यक्रममा ४ दर्जनले रक्तदान गर्नुभयो । नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नै रक्तदान गर्न एक घण्टा टाढाको मोर्टर बाटोबाट आएर तुलसी आचार्यले रक्तदान गर्नुभयो । उहाँले डिसेम्बर २३ मा धादिङ नेपाली समाजले आयोजना गरेको कार्यक्रममा उच्च रक्तचाप भएका कारणले रक्तदान गर्न पाउनु भएन । तुलसिले अढाइ महिना पछि पुन मार्च २२ मा रिजऊड नेपाली समाजमा रक्तदान गर्ने हुनु भएको छ ।

रामकुमार ढकालले डबल रेडसेल डोनेसन गर्नुभयो । उहाँले एक पटक दान गरेको रगतबाट नौ जनासम्मलाई बचाउन सहयोग हुनेछ । रामकुमारजीको छोरीले शारिरिक तौल कम भएकाले रक्तदान गर्न पाइनन । रक्तदाता नरेन्द्र सुबेदीलाई हौषला प्रदान गर्न उहाँको बुबा र छोरी नै साथमा आउनु भएको थियो । आज रक्तदान गर्दा गर्दै हेमन्त सिंहलाई थोरै गाह्रो परेको थियो । उनले अधिल्लो दिन देखि नै प्रशस्त पानी पिउन पाएका रहेनछन । बिगतका दिनमा रक्तदान गर्छु भन्दा भन्दै पनि समय मिलि रहेको रहेनछ । आज सबै काम छोडेर भए पनि रक्तदान गरेँ, एनआरएन न्यूयोर्कका महासचिब महेश खड्काले भन्नुभयो ।

तेह्र महिनाकी सुत्केरी महिला बिमला डाँगी दुधे बालकलाई काखीमा च्याप्दै ‘म पनि रक्तदान गर्छु’ भनेर नाम लेखाउनु भएको थियो । अहिले बच्चा साह्रै सानो छ अर्को बर्ष रक्तदान गर्नु भन्दै स्वास्थ्य कर्मीहरुले फिर्ता पठाउनु भयो ।

समाजकी अध्यक्ष कल्पना थापा रक्तदान गर्न आउनेहरुलाई ब्यबस्थित बनाउदै सबै प्रति कृतज्ञ देखिनु भयो ।

समाजका अग्रज ब्यक्तित्व; विश्वराज बास्तोला, दिवाकर पाण्डे, टिका ढकाल, विश्व रक्तदाता अर्जुन मैनाली लगायत धेरैले उपस्थित भएर हौषला प्रदान गर्नु भएको थियो । न्यू योर्कमा गत एक बर्ष यता करीब छ सय जनाले रक्तदान गरिसक्नु भएको छ । त्यति नै परिमाणमा हौषला दिन अरु गन्यमान्य ब्यक्तिहरुको उपस्थित हुनुले रक्तदान कार्यक्रम पर्व जस्तै हुने गरेको छ ।

अब अर्को रक्तदान कार्यक्रम नेपाली पब्लिक रेलेसन कमिटी लङग आईल्याण्ड च्याप्टरले फेब्रुअरी ९, २०२० मा राखेको छ ।