३१ बैशाख २०८१, सोमबार
Follow Us

कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुले पार्टी सभापति देउवालाई भेटे

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७६, बिहीबार ०४:४९

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् । जिल्ला सभापतिहरु बिहान १० बजेपछि देउवा निवास बुढानिलकण्ठमा भेट्न पुगेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पुस ११ गतेको केन्द्रीय कार्य समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै परामर्शका लागि भन्दै काठमाडौंमा जिल्ला सभापतिको भेला डाकेका थिए । सोही भेलाका सहभागीहरूलाई जिल्ला सभापतिहरुले देउवाले भेटेका हुन् । जिल्ला सभापतिहरुले सो भेलाको निष्कर्षसहित पार्टीमा देखिएको विवाद अन्त्यका लागि दबाब दिने बुझिएको छ ।