३१ बैशाख २०८१, सोमबार
Follow Us

बेलायती राजकुमार ह्यारी र मेगनले गरे दरबार त्याग्ने घोषणा

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७६, बिहीबार ०५:१७

लन्डन । बेलायत राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यबाट पछि हट्ने घोषणा गरेका छन् । दुबैले एक विज्ञप्ति सार्वजनिक गर्दै वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले अब आफ्नो बसाई बेलायत र उत्तर अमेरिकामा विभाजित हुने पनि बताएका छन् । इन्स्टाग्राम पेजमा राखिएको वक्तव्यमा धेरै महिनादेखिको आन्तरिक छलफलपछिको यो निर्णयमा पुगेको उल्लेख गरिएको छ ।

राजपरिवारको उच्च सदस्यबाट पछि हटेपनि महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । वक्तव्य जारीगर्नु दुबैले पूर्व महारानी एलिजाबेथ तथा राजकुमार विलियमसँग परामर्श नगरेको बताइएको छ । ह्यारी र मेगनको घोषणाबाट बेलायती राजदरबार निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।