३१ बैशाख २०८१, सोमबार
Follow Us

राष्ट्रियसभा निर्वाचनको आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७६, शुक्रबार ०४:४८

काठमाडौं । आउँदो माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

नामावली प्रकाशनसँगै आजै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी फिर्ताको समय बिहीबार भए पनि कसैले पनि नाम फिर्ता नलिएको आयोगले जानकारी दिएको छ ।

अठार सिटका लागि हुने निर्वाचनमा ४५ जनाको उम्मेदबारी परेको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ ।

संविधान अनुसार प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।