२१ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी संविधान संशोधन थालिएको वरिष्ठ नेता पौडेलको आरोप

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७६, सोमबार ०७:४८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी संविधान संशोधनको तयारी गरिरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाक्रम र राष्ट्रिय राजनीतिबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँगको छलफलमा नेता पौडेलले कम्युनिष्ट सरकारले संविधानमा भएका लोकतान्त्रीक मुल्यमान्यता समाप्त पार्न लागेको उनको भनाइ थियो ।

उनले सरकारले राष्ट्रपति कार्यकारी अधिकार रहने गरी संविधान संसोधनको तयारी गरिरहेको भन्दै अहिले संविधान संशोधन आवश्यक नभएको स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले सत्तारुढ नेकपा भित्र सभामुखको विषय संविधान संशोधन गर्ने कि नगर्ने भन्नेमा जोडिएको बताए । छलफलमा नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतको सहभागिता थियो ।