२३ बैशाख २०८१, आईतवार
Follow Us

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार ०८:००

काठमाडौं- बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्।

राजकुमारीले बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेकी हुन्।

५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन्। राजा अल्वर्ट द्धितिय र रानी पावलाकी दोस्रो सन्तान एस्ट्रिडले यहाँ रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

उनका पिता अल्वर्ट द्धितियले सन् ८० को दशकमा नेपालको अनौपचारिक भ्रमण गरेका थिए। उनका दाजु वर्तमान राजा फिलिपले सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमण गरेका थिए। बेल्जियमका राजपरिवारका तर्फबाट सन् १९९८ पछि हुन लागेको यो पहिलो भ्रमण हो।

उनको भ्रमणले नेपालको पर्यटन प्रवर्दनमा सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालले यसै वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाईरहेको छ।