२७ बैशाख २०८१, बिहीबार
Follow Us

चितुवाको छालासहित दुई जना पक्राउ

sarusaru
१४ माघ २०७६, मंगलवार ०६:५९

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।

जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
सेतोपाटी