१८ बैशाख २०८१, मंगलवार
Follow Us

नायिका साम्राज्ञी बेलायत आउने, अल्डरशटमा ‘मारुनी’ प्रदर्शन हुने

नेपालब्रिटेन डट कम्
२० माघ २०७६, सोमबार १४:३५

लन्डन । लोकप्रिय नायिका नायिका साम्राज्ञी राज्य लक्ष्मी आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि बेलायत आउने भएकी छन् । २३ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा हुन लागेको फिल्म प्रदर्शनका लागि साम्राज्ञी बेलायत आउने निश्चित भएको एनआरएनए यूके उपाध्यक्ष सुनिल खड्काले जनाए ।

साम्राज्ञीका साथ निर्मात्री पुनम गौतम पनि आगामी २१ फेब्रुअरीमा लन्डन उत्रने खड्काले जनाए । उक्त फिल्म प्रदर्शनका लागि व्यक्तिगत रुपमा सक्रिय खड्काले विदेशमा नेपाली फिल्म प्रवर्धन गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

खड्काले फिल्म हेर्न ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश मिलाइएको जनाउंदै बेलायतमै हुर्किएका दोश्रो पुस्तालाई पनि फिल्ममार्फत नेपाली भाषा र कला अवगत गराउन आव्हान गरे । उनले फिल्म शोपछि नायिका र निर्मात्रीसंग अन्तरसंवाद एवं ‘फोटो सेसन’ को अवसर पनि हुने बताए ।