१९ भाद्र २०८२, बिहीबार
Follow Us

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८०, शुक्रबार १३:०७

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको