२ श्रावण २०८२, शुक्रबार
Follow Us

३० क्विन्टल केराउ बरामद

nepalbritain news
२७ माघ २०७६, सोमबार ०५:२५

प्रहरीले हवाइ फायर गरेर ईशनाथ नगरपालिका ४ मठियाबाट एकजना भारतीयलाई तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको छ । विहार राज्यको पूर्वी चम्पारण कुन्डवा चैनपुर घर भएका १८ वर्षीय सचिन गोसाइँलाई शनिबार मध्य राति पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । ‘गोसाइँको बयानका आधारमा ७० बोरा (३० क्विन्टल) केराउसमेत बरामद गरेका छौँ,’ एसपी खड्काले भने ।

जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले शनिबार मध्य राति भारततर्फ लैजान लागेको अवस्थामा ७० बोरा केराउ बरामद गरेको हो । एसपी खड्काका अनुसार राति १२ बजे रौतहटको मठिया गाउँनजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए । प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्करहरू भारततर्फ भागे । त्यसै क्रममा चार राउन्ड हवाइ फायर गरेर एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य तस्कर भने भारततिर भागेका एसपी खड्काले जानकारी दिए । पक्राउ परेका गोसाइँको बयानका आधारमा एक घरबाट प्रहरीले ७० बोरा केराउ बरामद गरेको हो । बरामद ३० क्विन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
नयाँ पत्रिका

धेरै पढिएको