२९ बैशाख २०८१, शनिबार
Follow Us

फागु पर्व आजदेखि विधिवत रुपमा सुरु

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार ०४:३३

काठमाडौं । सांस्कृतिक एवं परम्परागत फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।

बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा विहान सात बजेर ५७ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडिएको हो ।

फागुन शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्‍याएर दहन गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि फागु पर्व सकिएको मान्ने परम्परा छ ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा फागुन २६ गते सोमबार तथा तराईका जिल्लाहरुमा फागुन २७ मंगलबार फागु पर्व मनाइदैँछ । फागु पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ ।