३१ बैशाख २०८१, सोमबार
Follow Us

कोरोनाको असर: नेपाली दूतावास लण्डनमा हुने कार्यक्रम रोकियो, सार्वजनिक जमघट रोकिदैं

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७६, शुक्रबार २२:५१

लण्डन । विश्वलाई नै हल्लाउने गरी संसारभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणका कारण मानव जीवनमा गम्भीर संकट उत्पन्न गराउन थालेको छ ।

तीव्ररूपमा विश्वभर फैलँदै गएको उक्त भाइरसले गरिब मुलुकमात्र होइन धनी मुलुक बढी प्रताडित हुन थालेका छन्। चीनको उहानबाट शुरू भएको सो भाइरसले अहिले संसारलाई नै त्रासमा बाँच्न बाध्य बनाइदिएको छ ।
वेलायतमा शुक्रवार साँझ सम्म २० हजारमा गरिएको परिक्षण मध्य १६० जनामा संक्रमण देखिएको छ । २ जनाको मृत्यु भैसकेको छ ।

यसै बीच कोरोनाको असर नेपाली समुदायमा समेत पर्न थालेको छ । नेपाली दूतावास लण्डनको आयोजनामा हुने भनिएको एक सार्वजनिक कार्यक्रम रद्ध गरिएको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार मार्च २९ मा लण्डनस्थित नेपाली दूतावास भवनमा आयोजना हुन लागेको नेपाल विकास सम्मेलन अर्को सूचना जारी नभए सम्मलाई स्थगन गरिएको हो । त्यस्तै अल्डरशटस्थित शिव कल्चर समितिले होलीको कार्यक्रम स्थगन गरेको छ ।

कोरोना नियन्त्रणका लागि संसारभरका वैज्ञानिकहरूले हरसम्भव गरेको प्रयास पनि असफल हुँदै गएको छ । अहिलेसम्म यसको औषधि पत्ता लाग्न नसकेका कारण मानिसमा एक प्रकारका त्रासले बास गरेको पाइन्छ । अहिले यो रोग नियन्त्रणका लागि जनचेतना फैलाउँदै यसको रोकथाममा लाग्नुपर्ने देखिन्छ । छिमेकी मुलुक चीनबाट फैलिएको यो रोगको उच्च जोखिम नेपाल भएको भन्दै अहिले नेपाल सरकारले भोजभतेर तथा भेलाको आयोजना नगर्न आग्रह गरेको छ ।