३० बैशाख २०८१, आईतवार
Follow Us

नवलपरासीमा प्रहरीको गोली लागि एक जना घाइते

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार ०४:३०

नवलपरासी । नवलपरासीको मध्यबिन्दुको कोलुहाँ चोकमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा मध्यबिन्दु नगरपालिका – ३ का प्रेम महतो रहेका छन् । गएराति गस्तीमा रहेको प्रहरी टोलीले रोक्ने खोज्दा खुकुरी र ढुंगाले आक्रमण गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएर महतोलाई नियन्त्रणमा लिएको हो ।

एउटै मोटरसाइकलमा रहेका अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मुन्ना महतो र सुरज महतो रहेका छन् ।

ना ४९ प ६५१३ नम्बरको मोटरसाइकलमा रहेका तीनजनाले प्रहरीमाथि ढुंगा र खुकुरी प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट घाइते महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।