२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली केही दिनमै डिस्चार्ज हुने

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७६, सोमबार १३:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गाैला दान दिन उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।