काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखा-२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको गण्डकी प्रदेश इन्चार्ज फणिन्द्र देवकोटालाई भट्टराईलाई गोरखा-२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको बताए । पार्टीको गण्डकी प्रदेश एकता भेलाले सर्वसम्मत भट्टराईलाई उम्मेदवार सिफारिस गरेको देवकोटाले जानकारी दिए ।
भेलामा प्रलोपा अध्यक्ष परिषदका सदस्य सन्तोष परियार सहभागी थिए । भट्टराईले भने आफू चुनाव नलड्ने घोषणा गरिसकेका छन् । भट्टराई ०६४ र ०७० को संविधानसभा तथा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
पछिल्लो ०७९ को निर्वाचनमा भने उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएर भोट मागेका थिए ।
यसपटक भने प्रचण्डको नाम गोरखा-१ बाट सिफारिस भएको छ । सो क्षेत्रबाट नेकपाले नेता नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने लगायतलाई उम्मेदवार सिफारिस गरेको छ । श्रेष्ठ ०७४ मा बाबुरामसँगै पराजित भएका थिए ।