२८ बैशाख २०८१, शुक्रबार
Follow Us

इटालीमा २४ घण्टाभित्र थप १ सय ३३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७६, सोमबार १४:१४

रोम । इटालीमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तिव्र भएको छ । गत २४ घण्टामा थप १ सय ३३ जनाको मृत्यु भएपछि कोरोनाबाट मर्नेको संख्या ३ सय ६६ पुगेको छ । सङ्क्रमितको संख्या ७ हजार ३७५ पुगेको छ । सङ्क्रमण हुने र मर्नेको संख्या बढेपछि सरकारले थप सतर्कता अपनाइएको छ ।

लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । १ करोड ६० लाख मानिसलाई आउँदो चैत २१ गतेसम्मका लागि क्वारेण्टाइनमा राखिएको छ । ईरानमा पनि थप ४९ जनाको मृत्यु भएको छ ।

७ सय ४३ जना नयाँ बिरामी भेटिएका छन । कोरोना संक्रमण १ सय ४ देशमा पुगिसकेको छ । १ लाख १० हजार मानिस सङ्क्रमित भएका छन । ३ हजार ८ सय सय ५ जनाको मृत्यु भएको छ । ६१ हजार संक्रमितहरु भने उपचारपछि घर फर्केका छन् ।