२८ बैशाख २०८१, शुक्रबार
Follow Us

फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसामा रोक

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७६, सोमबार १५:०५

काठमाडौं । नेपालले थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको बताएको छ। यो निर्णय आइतबारदेखि अर्को निर्णय नहुन्जेल सम्मको लागि लागु हुने जनाइएको छ।

यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो। चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका ६४ बढी मुलुकमा फैलिएको छ।