२९ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्रिमण्डल पूनर्गठनको तयारी

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार ०५:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाएका छन् । उनले अबको केही दिनभित्रै प्रधानमन्त्रीको डिस्चार्ज हुने बताएका छन् ।

उनले भने,‘उहाँको डिस्चार्जको तयारी भैरहेको छ ।’यता, प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिमण्डल पूनर्गठन गर्नेसम्मको तयारी गरेका छन् । बालुवाटारनिकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, युवा नेता महेश बस्नेत र सोमप्रसाद पाण्डेलाई सहभागी गराउने तयारी गरेका छन् ।

पाण्डेलाई अर्थमन्त्री बनाउनेगरि मन्त्रिमण्डलमा सहभागी गराउन लागिएको सूत्रको दाबी छ । त्यतिमात्रै होईन, कमिशन प्रकरणमा मन्त्रीबाट राजीनामा दिएर बसेका गोकुल प्रसाद बाँस्कोटालाई पनि मन्त्रिमण्डलमा सहभागी गराउनेबारे ओलीले आफ्ना नजिकका नेताहरुसँग छलफल तथा परामर्श थालेका छन् ।