२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना : कतार एअरवेजले ट्रान्जिट यात्रु मात्र बोक्ने

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार ०५:३४

लण्डन । कतारले सोमवारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिनका लागि मात्र सोमवार उडान गर्ने नेपाल वायुसेवा निगम (एनएसी) की प्रवक्ता अर्चना खड्काले बताइन्।

त्यसबाहेक नेपालमा दैनिक तीनवटा उडान गरिरहेको कतार एअरवेज र सातामा चार उडान गर्ने हिमालय एअरलाइन्ससमेत प्रभावित हुने अवस्था सिर्जना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका एक अधिकारी केशव भट्टराईले भनेस् तर कतार एअरवेजले अन्य देश यात्रा गर्ने ट्रान्जिट यात्रुहरू भने बोक्ने जानकारी हामीलाई दिएको छ। आज भने कतार एअरवेजका तीनवटै उडान तालिकामा कुनै फेरबदल भएको जानकारी आइपुगेको छैन।

यद्यपि यसकै कारण कतार एअरवेजका उडान सङ्ख्या भने अब घट्नसक्ने अधिकारीहरू बताउँछन्।

एनएसी, हिमालय एअरलाइन्स र कतार एअरवेजले कतारमा दैनिकजसो उडान गर्दै आएकामा यस व्यवस्थाले ती प्रभावित हुने देखिएको हो।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले सोमवार सार्वजनिक विदा भएकाले मङ्गलवार उडानको निरन्तरताका विषयमा निर्णय गरिने बताइन्।

उनले भनिन्स् ‘हामीहरू दुई विन्दूमा मात्र उडान गरिरहेकाले कतारमा नेपाली नै जान नपाउने भएपछि उडान गरिराख्नुको अर्थ देखिँदैन। कतार ट्रान्जिट पारेर हाम्रो विमान सेवाबाट अन्यत्र जानेहरू पाँच प्रतिशतभन्दा कम छन्।’

त्यसैगरी दोहाका लागि सातामा चार उडान गरिरहेको हिमालय एअरलाइन्ससमेत यसको मारमा पर्ने देखिन्छ।

कतारमा तीन लाख ६० हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको परराष्ट्र मन्त्रालयको विवरणले देखाउँछ।

यसअघि कतारले इटलीमा भने आफ्ना उडानहरू नै रोकेको थियो। – बिबिसी