२७ बैशाख २०८१, बिहीबार
Follow Us

टोकियोबाट उपचार गर्न आठ लाख सहयोग

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७६, बुधबार ०६:०८

गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत गर्नुहुने श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत हुनुहुन्छ । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण गरिएको हो ।

अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग सङ्कलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताउनुभयो ।जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरुले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।