२८ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिका बस्ने नेपालीले गरे बाँठाको उपचारमा सहयोग

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७६, बुधबार ०८:३५

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारमा सहयोग गरेका छन् । विभिन्न रोगबा ग्रस्त बाँठामगरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।

माडी गाउँपालिका–६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् । पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

अमेरिकामा बस्दै आएका नेपालीहरु भुवन आले, मानबहादुर र बिरपति बाँठामगर, जीवराज बुढा र याशिका बाठामगर, मणी थापा, लक्ष्मी पुन, गंगा सिंजाली, रबिन थापा मगर, सबिता थापा, रिम थापा, सरु गाहा र यम थापाले सहयोग उपलब्ध गराएका थिए ।

त्यस्तै रबिन मगर, करन थापा, सुमन पाठक, खेम निरौला, प्रविन कवर, दिपक थापा, देवि थापा, कमल मगर, लिला लामीछाने, यज्ञ राना, कमला थापा, दिपक कार्की, तेजेन्द्र थापा, नारायण केसी, निग्मा शेर्पा, नगेन्द्र लिम्बु, दिपक छेत्री र जानकी थापाले १ हजार १ सय १० डलर सहयोग गरेका हुन् । संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो ।