काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पार्टी नफुट्ने बताएका छन् । राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । राष्ट्रिय सभा गृहमा जारी एकता सभालाई सम्बोधन गर्दै उनले गीतामा हात राखेर कसम खाँदै अब पार्टी कहिल्यै फुट्दैन र फुटाउँदैनौं भने ।
“अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं,” थापाले गीतामा हात राखेर कसम खाँदै भने, “पार्टी अब फुटाउँदैनौं, यो एकताबाट म खुसी छु ।” उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए । उनले एकतापछि राप्रपा अब प्रजातान्त्रिक शक्ति र वैकल्पिक पार्टी भएको बताए ।