२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाको अन्योलले गुल्मी जिल्ला समाजको च्यारिटी कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७६, बुधबार १५:२५

लण्डन । फैलिंदो कोरोना संक्रमणले उत्पन्न अन्योलका कारण यहि महिना हुने भनिएको गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम स्थगित गरिएको छ ।
आपतकालीन कोष स्थापनाका लागि समाजले मार्च ३० मा नोटिंगहममा गर्ने भनेको च्यारिटी कार्यक्रम हाललाई स्थगित गरिएको कार्यक्रमका संयोजक एवम् समाजका उपाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए ।
समाजले लोकप्रिय कार्यक्रम इन्द्रेणीको टीम नै बेलायत ल्याएर कार्यक्रम गर्ने तयारी गरेको थियो । जसको लागि उपाध्यक्ष भण्डारीसहित सल्लाहकार गोकर्ण बस्नेत र रण केसी लगायतले संयोजन गरिरहेका थिए ।
कोरोना भाइरसका कारण सिर्जना भएको अन्योल हटेपछि नयाँ मितिमा कार्यक्रम गरिने संयोजक भण्डारीले बताएका छन् ।
च्यारिटी कार्यक्रम स्थगित भएपनि समाजले आपतकालीन कोषका लागि सहयोग भने जम्मा गर्ने भएको छ । अध्यक्ष टोप पल्लीको प्रस्तावमा कार्यक्रम तत्काल आयोजना नगरिए पनि लक्ष्यअनुसारको आपतकालीन कोष जम्मा गर्ने निर्णय समाजले गरेको हो । आउँदो मार्च ३० सम्म कोष संकलन अभियान जारी राखिने बताइएको छ ।
नेपाल तथा बेलायतमा दैवीप्रकोप, विभिन्न आपतविपत लगायतका बेला सहयोग गर्ने उद्धेश्यले समाजले कोष स्थापनाको लक्ष्य लिएको महासचिव बीर बलाले बताए ।
यो परोपकारी कोषका लागि सक्दो सहयोग गरिदिन समाजका तर्फबाट अध्यक्ष टोप पल्लीले बेलायतस्थित सम्पुर्ण संघसंस्था, समुदाय तथा सबै नेपालीहरुसंग अपील गरेका छन् ।

आपतकालीन कोषमा सहयोग जम्मा गर्न गुल्मी जिल्ला समाजको खाता यसप्रकार छ ।
Gulmi Jilla Samaj UK
S C – 40-35-45
Acc No.- 21511777
Refernece : Charity and Your name
सहयोग रकम जम्मा गराइसकेपछि समाजका कोषाध्यक्ष बरुण भण्डारी वा सहकोषाध्यक्ष तारा भट्टराईलाई 07725992540 मा जानकारी गाराइदिनुहुन आग्रह छ ।