३१ बैशाख २०८१, सोमबार
Follow Us

इटालीमा औषधि र किराना बाहेक सबै पसलहरु बन्द

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७६, बिहीबार ०४:५१

रोम । इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधि बाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । संक्रमितहरू र मृतकको संख्या निरन्तर बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री कोन्टेका अनुसार प्रतिबन्ध आजदेखि २५ मार्चसम्म लागु हुनेछ ।

इटालीले कोरोना संक्रमणबाट नागरिक जोगाउन केही दिनअघिदेखि नै कडा प्रतिबन्धहरू घोषणा गरेको छ । इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् ।

इटालीमा १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८ सय २७ जनाको मृत्यु भएको छ । ९ सय जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।