३१ बैशाख २०८१, सोमबार
Follow Us

क्यानडाका प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना संक्रमण, प्रधानमन्त्री क्वारेन्टाइनमा

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार ०४:२६

टोरेन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रुडोको कार्यालयका अनुसार सोफीलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राति सामान्य ज्वरो पनि आएको थियो ।

त्यसपश्चात उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ । प्रधानमन्त्री ट्रुडोले श्रीमतीमा कोरोणा संक्रमण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका छन् ।