१ जेष्ठ २०८१, मंगलवार
Follow Us

भारतमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार ०४:४२

नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा एकजनाको मृत्यु भएको छ । कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । उनी हालै साउदीबाट भारत फर्केको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीले उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएपछि कर्नाटक प्रदेशमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा कल्याण विभागका अनुसार ती मानिससँग सम्पर्कमा आएका सबैजनालाई छुट्टै क्वारेन्टानइमा राखिएको छ ।

ती मानिस कहाँ कहाँ पुगेको र क–कसलाई भेटेकोसमेत त्यहाँका अधिकारीहरुले सोधपुछ गरिरहेको बताइएको छ । भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै केरलमा १७, हरियाणा र महाराष्ट्रमा १४–१४ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै उत्तर प्रदेशमा ११, दिल्लीमा ६, कर्नाटकमा ४, लद्दाखमा ३३ र अन्य ५ वटा प्रदेशमा एक–एक जनामा कोरोनामा भइरसको संक्रमण भेटिएको बताइएको छ ।