१ जेष्ठ २०८१, मंगलवार
Follow Us

राजकुमार चार्ल्सले ‘नमस्कार’ गरे, नेपालीले के सिक्ने ?

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार ०६:४८

लन्डन । वेल्सका प्रिन्स चार्ल्सले कोरोना भाइरस संक्रमणको सतर्कता अपनाउँदै नमस्कार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार लण्डनमा आयोजित एक अवार्ड कार्यक्रममा पुगेका प्रिन्स चार्ल्सले त्यहाँ उपस्थित सबैसँग हात मिलाउनुको सट्टा उनले नमस्कार गरेका थिए ।

उक्त भिडियोमा ७१ वर्षीय प्रिन्स चार्ल्स गाडीबाट ओर्लिएर त्यहाँ उपस्थितहरुरसँग शुरुमा हात मिलाउन खोज्छन् तर फेरी झट्ट हात पछाडि सार्दै नमस्कार गर्छन् र उनीहरुले पनि प्रिन्स चार्ल्सलाई केही अचम्मित बन्दै नमस्कार नै फर्काउँछन् ।

उक्त भिडियोमा प्रिन्स चार्ल्सले सेलिब्रेटीहरु रकर रुनी उड, रिचार्ड इ. ग्रान्ट, अन्ना फ्रिल, पियर्स ब्रोसन लगायतलाई हात नमिलाई नमस्कार गरेका थिए । नेपाल र भारत लगायतका केही देशबाहेक अन्य देशमा नमस्कार गर्ने चलन नभएपनि विश्वव्यापी बन्दै गएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि हात नमिलाउनुस् भन्ने सचेतना फैलाइएका कारण उनले नमस्कार गरेको बुझ्न सकिन्छ ।

तर, नेपालमा नमस्कार गर्ने संस्कार नै भए तापनि नेपालीले हात मिलाउन भने छाडेका छैनन् । कोरोना संक्रमणबाट सतर्कता अपनाउन हात नमिलाऔं, नमस्कार गरौं भनेर प्रचारप्रसार भएपनि नेपालीहरु भने नमस्कार गर्नु भन्दा बढी हात नै मिलाएको पाइन्छ । चलन नै नभएको देशका नागरिकले नै नमस्कार गर्न थालेपछि नेपालीले पनि यसबाट केही पाठ सिक्ने हो की भन्ने प्रश्न उठेको छ ।

कोरोना त्रास : जब प्रिन्स चार्ल्सले 'नमस्कार' गरे, नेपालीले के सिक्ने ?

कोरोना त्रास : जब प्रिन्स चार्ल्सले 'नमस्कार' गरे, नेपालीले के सिक्ने ?#covid19https://www.avenueskhabar.com.np/nepal/99717/?fbclid=IwAR1TBu_EsNpmltHnAmW7afPL2FtWENohr7jCh83oW8rxQ5tm0ezJmsB7wk8

Geplaatst door Avenues Khabar op Donderdag 12 maart 2020