२७ बैशाख २०८१, बिहीबार
Follow Us

पनौतीमा अनिश्चितकालीन कर्फ्यु

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७६, मंगलवार १०:३६

काभ्रे । काभ्रेको पनौतीमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिजो पनौती नगरपालिका–५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले आज विहान नौ बजेबाट कफ्र्यू लगाएको हो ।

घटनाको विरोधमा गएराति पनि प्रहरी र स्थानीयविच झडप भएको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फायर समेत गरेको थियो ।

आज विहानैदेखि पुन प्रदर्शन सुरु भएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो । हिजो बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो ।

त्यस लगत्तै आक्रोशित स्थानीयले प्रहरी विटमा आगजनी गरेका थिए । मृतक जुनीमाया खानीखोला गाउँपालिका– १ स्थित श्री कालिका प्रावि हातिडाडाका प्रधानाध्यापक हुन् ।