१८ बैशाख २०८१, मंगलवार
Follow Us

थानकोटमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७६, बुधबार ०२:२८

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्।

मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।

बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ। आरोपितलाई प्रहरी वृत थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।