१८ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना भाइरसको असर संसद् र सर्वोच्च अदालतमा !

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७६, बिहीबार ०२:११

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले शैक्षिक संस्था समेत बन्द गरेको अवस्थामा सङ्घीय संसद् र न्यायपालिकाको काम कारबाही पनि तत्कालका लागि स्थगनको तयारी गरिएको छ।

जोखिम न्यूनीकरणका विषयमा छलफलका लागि सर्वोच्च अदालतले शुक्रवार फूलकोर्ट बैठक डोकेको छ। फूलकोर्ट बैठकबाट थप निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ।

यसअघि मङ्गलवार नेपाल बार एशोसिएशनले अदालतका अत्यावश्यक बाहेकका अन्य काम कारबाही स्थगित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेको थियो। सर्वोच्च अदालत बार एशोसिएशनले पनि अदालतका काम कारबाही स्थगन गर्न माग गरेको थियो।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बार एशोसिएशनको माग र पछिल्लो परिस्थिति अनुसार निर्णय लिन शुक्रवार फूलकोर्ट बैठक बोलाइएको बताए। ढकालले बैठकलाई ध्यानमा राखेर शुक्रबारका सबै पेसी स्थगित गरिएको पनि बताए।