३१ बैशाख २०८१, सोमबार
Follow Us

आर्मीको नाममो व्यापारी ठग्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ०४:१८

विर्तामोड । नक्कली सेना बनेर व्यापारीलाई ठग्दै हिंड्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले नक्कली आर्मी बनेर व्यापारीको लाखौं रुपैयाँ ठगी गरेर हिंड्ने झापाको मेचीनगर –१४ का प्रदीप भन्ने राजकुमार राउतलाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रदेश नम्बर १ सहित अन्य जिल्लाका ८० जना भन्दा बढी व्यवसायीलाई आफु आर्मी हुँ भन्दै ठगि गर्दै हिंड्ने गरेको प्रहरीको भनाइ छ । सस्तोमा किराना सामान ल्याइदिने आश्वासन दिएर राउतले आफूहरुको लाखौं रुपैयाँ ठगी गरेको व्यापारीको भनाइ छ ।

पक्राउ परेका राउतलाई म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ साथै राउतबाट अन्य पनि ठगिएको भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।