३१ बैशाख २०८१, सोमबार
Follow Us

भारतको बिहारमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार १०:२७

पटना । भारतको बिहार राज्यमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । बिहारको राजधानी शहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका एक व्यक्तिको मृत्यु भएको बताइएको छ । मृतक व्यक्ति अखिल भारतीय मेडिकल साइनस, पटनामा मिर्गौलाको उपचारका लागि गएका थिए । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ । विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन ।