३१ बैशाख २०८१, सोमबार
Follow Us

आजदेखि भारत र चीनसँगको सीमा नाका एक साता बन्द

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७६, सोमबार ०५:३७

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार विहान १० बजेदेखि एक साताका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको छ । अरुलाई पनि कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।