लण्डन । कोरोना भाइरस (कोभिड १९) कारण वेलायतमा एक दर्जन गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । नेपाली दूतावास लण्डनका अनुसार बिहीवार विहान सम्म १२ जनाको कोरोना कारणका मृत्यु भएको पुष्टि भएको हो ।
नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनले नेपालीहरुको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
लण्डनको हिलिङडन बरोको वेस्ट ड्रेटन बस्ने धनकुटा हात्तिखकका एक भूपू गोरखाको बुधवार साँझ निधन भएको थियो ।
हिलिङडन अस्पतालमा भर्ना भएका ८२ वर्षका हरिमान तामाङको बुधबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
वेलायतका कोरोनाका कारणले नियमित उपचार नपाएर दुई दर्जन नेपालीको ज्यान गएको वताएको छ तर औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।