२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७७, बिहीबार १५:०९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक वक्तव्यमार्फत ती दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आबद्ध सबैमा काँग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । उक्त दुवै दलले बुधबार राति पार्टी एकताको सहमति गरी आज निर्वाचन आयोग र सङ्घीय संसद् सचिवालयमा जानकारी गराएका छन् ।