२२ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमणले विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७७, बिहीबार १५:१४

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार ६८१ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ११ हजार २७८ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जना, जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ३९१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जना, भारतमा ६८१, इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ ।